गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा शुक्रबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिनेहरुमा पर्वतका १३ जना, स्याङ्जाको २२ जना र नवलपुरका र तनहुँमा १/१ जनामा दखिएको पुष्टी भएको छ । योसँगै गण्डकीमा १८८ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण देखिनेमा ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा रहेका छन् ।


