गोरखा समाचारदाता
गोरखा – नेपाल सरकार मार्फत नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री गोरखाको स्थानिय पालिकालाई बितरण गरिएको छ ।
सरकार–सरकार मार्फत खरिद गरिएका मध्ये गोरखा जिल्लालाई प्राप्त केही स्वास्थ्य सामाग्री पालिकालाई वितरण गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टको आज (बिहिबार) बसेको बैठकले कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र छाउनी मार्फत गोरखा जिल्लाको लागि प्राप्त स्वास्थ्य सामाग्री पालिका र अन्य सरोकारवाला संस्थालाई वितरण गरिएको कमाण्ड पोष्टले जनाएको छ ।
प्राप्त सामाग्रीलाई आवश्यताको आधारमा वितरण गरिएको कमाण्ड पोष्टले जनाएको छ ।
कुन–कुन सरोकार वालालाई कति कति सामाग्री परयो आउनुस् हेरौं



