गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस संक्रमण बाट बिहिबार २५० जना संक्रमित भएको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन गर्दै देशको विभिन्न जिल्लामा गरी २५० जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज २५० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या नेपालमा अब ४ हजार ६१४ पुगेको हो । बुधबार मात्रै पनि २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९३० जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ लाख ७८ हजार १४३ को नमुना परीक्षण गरिएको छ ।




















