गोरखा समाचारदाता
काठमाण्डौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।
मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले कोरोना संक्रमण अझै बाँकी नभएकोले एसईई नगर्ने निर्णय गरेको हो ।
बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै अब विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनु पर्ने छ ।
परिक्षा नियन्त्रण कार्यालयले त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्ने भएको छ ।
गत चैत ६ गतेबाट हुने भनिएको एसइई परिक्षा कोरोना जोखिमका कारण चैत ५ गते स्थगित गरिएको थियो ।




















