कैलासबावु श्रेष्ठ
गोरखा – गोरखामा बुधबार थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाको ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकाको १, ५ र ६ मा गरी ४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
मन्त्रालयले आज राजधानीमा गरेको नियमीत पत्रकार सम्मेलनमा प्रवत्ता डा.गौतमले दिएको जानकारी अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका अन्तरर्गत वडा नं.१ र ५ मा १/१ जना र ६ मा २ जनामा कोरोनो संक्रमण देखिएको हो । संक्रमित मध्ये ३ जना पुरुष र १ जना महिला भएको मन्त्रालयले जनाएको छ ।
संक्रमित सबै सामान्य अवस्थामा रहेको र उनीहरुलाई गोरखा अस्पताल ल्याउने तयारी भई रहेको भीमसेन थापागाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताए ।





















