गोरखा समाचारदाता
काठमाण्डौं – बुधबार नेपालमा कोरोना भाइरसबाट २७९ जना संक्रमित भएको पुष्टी भएको छ ।
देशको विभिन्न जिल्लामा गरी २७९ जनामा कोरोना संक्रमण भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बुधबार २७९ जनामा संक्रमण पुष्टि भएको हो । हिजा (मंगलबार) मात्र ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । त्यस्तै गरी कोरोना जित्नेको संख्या भने ६७४ पुगेको छ ।




















