कैलासबावु श्रेष्ठ
गोरखा – सदरमुकाममा रहेको गोरखा क्याम्पसमा १०० वेडको क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड निर्माण हुने भएको छ ।
जिल्लामा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्न सक्ने भन्दै गोरखा क्याम्पसमा १०० वेडको क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड निर्माण गर्न लागेको हो ।
कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरिय कमाण्ड पोष्टको हिजो (सोमबार) भएको सर्व पक्षिय छलफल कार्यक्रममा जिल्लामा १६५ वेडको क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड निर्माण गर्ने सहमती संगै सदरमुकाममा नैरहेको गोरखा क्याम्पसको भवनमा १०० वेडको क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड निर्माण सुरु गर्न लागिएको हो ।
वार्ड निर्माणको जिम्मा भने नेपाली सेनाको रण सिंह दल गणले पाएको छ । ‘सोमबार भएको सर्व पक्षिय छलफलमा जिल्ला सदरमुकाम भित्र बन्ने १०० वेडको क्वारेन्टाइन सहितको आइसोलेशन वार्डको जिम्मा हामीलाई दिईएको छ । हामी भोली देखी नै वार्ड निर्माणमा खटिछौ’ गणपति उज्वल केसीले बताए । ‘क्वारेन्टाइन सहितको आइसोलेशन निर्माणका लागि जिल्ला भित्रका सबै पालिकाले कोष खडा गरेको छ । सोही कोषले सामान खरिद गरेर दिने वित्तिकै हामी काम सक्छौ’ उनले भने ।
क्वारेन्टाइन सहितको आइसोलेशन निर्माणका लागि सोमबार नै राजनैति दलको एक टोलीले क्याम्पस प्रमुखलाई भेटेर जानकारी गराएको भएता पनि डिनको सहमती बिना भवन दिन नसक्ने भने पछि उत्त टोली फर्किएको थियो ।
पुनः आज (मंगलबार) सोही राजनैतिक टोली र जिल्लाका सुरक्षा प्रमुख सहितको टोलीले गोरखा क्याम्पसमा नै क्वारेन्टाइन सहितको आइसोलेशन निर्माण गर्न उपयुक्त स्थल भएको ठहर गरे पछि भोली देखी उत्त काम हुने भएको हो ।
रण सिंह दल गणका जवानहरु भोली बिहानै देखी क्वारेन्टाइन सहितको आइसोलेशन निर्माण स्थलको सरसफाई र सुरक्षा घेरा निर्माणमा लाग्ने गणपति केसीले बताए । पहिलो चरणमा गणका १०० भन्दा बढी जवानहरुले भवनको सरसफाई गर्ने छ सम्भव भए सम्म भोली नै रानिबन स्थित रहेको १५ वेडको आइसोलेशन वार्डको १० वेड क्याम्पसमा तयार पार्ने तालिका रहेको गणले जनाएको छ ।
सोही स्थानमा रहेको ५ वेड भने जिल्ला अस्पतालमा निर्माण हुने २५ वेडको लागि छाडिने छ । त्यो बाहेक पनि प्रार्थमिक स्वास्थ्य केन्द्र आरुघाटमा १०, प्रार्थमिक स्वास्थ्य केन्द मकैसिंङमा १० बेड, प्रार्थमिक स्वास्थ्य केन्द जौबारीमा १० बेड, आँपपिपल सामुदायिक अस्पतालमा १० बेडको क्वारेन्टाइन सहितको आइसोलेशन निर्माण गरिने भएको छ ।


