गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज मात्रै ३२३ जना संक्रमित भएका छन् ।
देशको विभिन्न जिल्लामा गरी ३२३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै अब नेपालमा कोेरोना संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा महात्तेरीमा ५० जना, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७, नवलपुरमा १५ जना, सल्यान, नवलपरासी र सिराहामा १२/१२ जना, बाग्लुङमा ११ जना, कपिलवस्तु र दार्चुला १०/१० जना, बाँके ९ जना, डडेलधुरा र सप्तरीमा ७/७ जना, दाङ ६ जना, सुर्खेत ४ जना, मोरङ ३ जना, जुम्ला र नुवाकोट २/२ जनामा र इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टी भएकाहरु मध्ये २९२ जना पुरुष र ३१ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
अहिलेसम्म १ लाख ६ हजार ३३१ जनाको पीसीआर परीक्षण भएको छ । १ लाख ६६ हजार १५८ जनालाई आरडीटि परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३५३ पीसीआर परीक्षण भएको छ भने ९ हजार १६७ आरडिटी परीक्षण भएको छ ।
देशभर १ लाख ६५ हजार ७७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ३ हजार ४८७ रहेको छ ।


