गोरखा समाचारदाता
काठमाण्डौं – प्रहरीले राजधानीको न्युरोडमा जवर्जस्ती पसल बन्द गराउन खोजेपछि आज विहान तनाव भएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको आब्हानमा केही दिनदेखि खुलिरहेका पसल आज विहान प्रहरीले जवर्जस्ती बन्द गराउने प्रयास गरेको हो ।
जवर्जस्ती बन्द गराउन खोज्ने प्रहरी र पसल खोल्ने ब्यापारी बिच न्यूरोडमा केही समय भनाभन समेत भएको थियो ।
प्रहरीले न्युरोड गेट, रञ्जना गल्ली आसपासमा बिहान खुलेका पसलहरु बन्द गराएको हो । ब्यापारीहरुले भने लामो समयको लकडाउनले गुजारा चलाउन र भाडा तिर्न समेत समस्या भएको भन्दै पसल खोल्नुको विकल्प नभएको बताउँदै आएका छन् ।
लकडाउन उलग्घन गर्दै पसल सञ्चालन गरिएकाले प्रशासनको आदेशमा बन्द गराइएको प्रहरीले जनाएको छ ।


