गोरखा समाचारदाता
लमजुङ – मध्य नेपाल नगरपालिकाले आफ्नो सबै कर्मचारीहरुको कोभिड–१९ को बिमा गराई दिएको छ ।
पालिकामा कार्यरत सबै तहको कर्मचारीको बिमा गराईदिएको हो ।
नगरपालिकाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी गरि १८४ जनाको बिमा गराएको नगरपालिकाले जनाएको छ ।
डुम्रे स्थित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालयबाट आफ्ना सम्पुर्ण कर्मचारीहरुको बिमा गराईदिएको छ । कोरोना संक्रमण भएको खण्डमा प्रति ब्यक्ति १ लाख पाउने गरी नगरपालिकाले बिमालेख खरीद गरेको छ ।
प्रति ब्यक्ति ६०० का दरले लाग्ने कुल रकम १ लाख १० हजार ४०० शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भुक्तानी गरि सकेको डुम्रे स्थित कम्पनीका शाखा प्रबन्धक नायरायण ढकालले बताए । ‘बिमा लेखले सुरक्षण सुरू गरेको मिति देखि बिमालेख म्याद रहुन्जेल सम्म बिमा लेखमा उल्लेख गरिएका ब्यत्तिलाई कोरोना भोजेटिभ बिमाङ्क रकम दावी गर्न सक्ने’ ढकालले बताए ।
सम्झौंता लगत्तै नगर प्रमुख रमेशकुमार पाण्डेले आफ्ना सबै कर्मचारीहरुलाई कोरोना संत्राशबाट मुक्त भएर काम गर्न आग्रह गरे । ‘विषम परिस्थितिमा पनि सधैं नगरबासी प्रति आफ्ना कर्मचारी र जनप्रतिधीहरू उत्तरदायी भएर कार्य गरिरहेकाले प्रोत्साह स्वरुप सबैको बिमा गराई दिएको’ नगर प्रमुखले बताए ।
कम्पनीको तर्फबाट सन्देश आचार्यले कोरोना बिमाका बारेमा नगरपालिकालाई जानकारी गराएका थिए ।




















