गोरखा समाचारदाता
रुपन्देही – रूपन्देहीको तिलोत्तमा नगरपालिका १० को मैनहवाको पशु फार्ममा काम गर्ने ५ जनाको आफ्नै साथीले विभत्स हत्या गरेको छ ।
नगरपालिका–१० मैनहवा गाउँमा रहेको गंगादेवी पशु फर्मम कार्यरत ५ जना साथीलाई सुर्खेतका झसेन्द्र सिंजालीले कोदालोले हानेर हत्या गरेको हो ।

स्थानीय कृष्णबहादुर पुनको पशु फर्ममा काम गर्ने स्थानीय जानकी मुसहर, पोखराज मुसहर, करन चौधरी, आशिस चौधरी र रुपन्देही मुर्गियाका माधव मुसहरलाई सिंजालीले कोदालोले हानेर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ । ४ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको छ ।

हत्यामा सग्लन सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


