×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

५६ वर्षका राजेश हमाललाई फर्केर हेर्दा

  •  
  • मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली फिल्मका सुपरस्टार राजेश हमाल आज (मंगलवार) बाट ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछन् ।

    तीन दशकदेखि फिल्म क्षेत्रमा सक्रिय हमालले २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । नेपाली फिल्ममा ‘महानायक’ को रुपमा परिचित उनले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट फिल्म करिअर सुरु गरेका थिए । आफ्नै मामा स्वर्गीय दीपक रायमाझीले निर्देशन गरेको यो फिल्मपछि हमालले आफ्नो करिअर कहिल्यै फर्केर हेर्नुपरेन ।

    उनी अभिनीत ‘हामी तीन भाइ’, ‘देउता’, ‘अल्लारे’, ‘भाउजु’, ‘अजम्बरी नाता’, ‘पालेदाई’, ‘आशीर्वाद’ लगायत २ दर्जन बढी फिल्म सुपरहिट छन् । धेरै निर्मातालाई धनी बनाएका उनका एकाधबाहेक कुनै फिल्म समीक्षकको नजरमा उत्कृष्ट ठहरिन सकेनन् । करिअरको उत्कर्षमा रहँदा संख्यात्मक अभिनयमा जोड दिएका हमाललाई आफू अभिनीत ‘बसन्ती’ र ‘देवता’ फिल्म मनपर्छ ।

    काँचको पर्दामा शहरियादेखि गाउँले युवकको भूमिकासम्म निर्वाहा गरेका उनलाई नेपाली फिल्ममा ‘बौद्धिक नायक’ को रुपमा पनि चिन्ने गरिन्छ । आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका अभिनेता हमालले कक्षा ८ सम्मको शिक्षा काठमाडौंमा रहेको सेन्ट जेभियर स्कूलबाट गरेका थिए ।

    सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा दुनियाँमा प्रवेश गरेका उनले एक वर्षमा औषत १० देखि १२ वटा फिल्ममा अभिनय गर्ने गर्दथे । सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । उनले राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

    उनको रिल लाइफसँगै लभ लाइफ पनि निकै रोमान्चित छ । करिश्मा मानन्धर, निरुता सिंहलगायत धेरै नायिकाहरुसँग उनको नाम जोडिएको थियो । तर, ५० वर्षको उमेरमा उनले प्रेमिका मधु भट्टराईलाई जीवनसाथी बनाए । विवाह गर्न ढिलाई गर्दा कहिले विवाह गर्ने भन्ने प्रश्नले दिकदार भएका हमाल केही वर्षयता पिता कहिले बन्ने भन्ने प्रश्नको सामना गरिरहेका छन् ।

    उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘शकुन्तला’ हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । तर, यो फिल्म बक्सअफिसमा असफल भएपछि उनी फिल्म छनोट गर्न हतारिएका छैनन् । अफर आएका फिल्महरु नकारेर बसेका हमाल अब संख्या बढाउन फिल्म नगर्ने सोचमा छन् । उनी आफैंले फिल्म निर्देशन गर्न लागेको चर्चा पनि लामो समयदेखि चलिरहेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.