गोरखा समाचारदाता
चितवन – नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।
चितवनको भरतपुर अस्पतालमा उपचार गराई रहेका भरतपुर ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो । नेपालमा यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
उनलाई हिजो (सोमबार) राति स्थानीय नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल लगिएको थियो । उनको आज (मंगलबार) बिहान ७ बजेर ५ मिनेटमा उनको ज्यान गएको भरतपुर अस्पतालले जनाएको छ ।




















