गोरखा समाचारदाता
गोरखा – कोरोना संक्रमणबाट जिल्लामा कसैको ज्यान गएको खण्डमा सम्वन्धीत पालिकाले शब ब्यस्थापनकालागि स्थान दिनुपर्ने भएको छ ।
संक्रमणबाट कोही कसैको ज्यान गएको खण्डमा शब ब्यवस्थापनकालागि सम्वन्धीत पालिकाले स्थानदिनुपर्ने भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संभावित संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरिय कमाण्ड पोष्टले हिजो (सोमबार) आयोजना गरेको सर्व पक्षिय छलफल कार्यक्रममा ‘जिल्ला भित्र कोभिड–१९ को संक्रमणको कारणबाट कोहि कसैको निधन हुन गएमा उक्त शब सद्वगत गर्ने उपयुक्त स्थानको छनौट सम्वन्धीत पालिकाले गर्ने’ निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द पौडेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा ‘शब ब्यवस्थापनको कार्य शब ब्यवस्थापन सम्वन्धी प्रोटोकल २०७७ बमोजिम स्थानिय प्रशासने समन्वयमा नेपाली सेनाले गर्ने गराउने ब्यवस्था मिलाउने’ भन्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।




















