गोरखा समाचारदाता
गोरखा – आजबाट होटल, रेष्टुरेण्ट र लज बाहेकका सबै कोरोबार खुल्ला गर्न गोरखा प्रशासनले अनुमती दिएको छ ।
लामो समय सम्म सबै ब्यवसाय बन्द हुदाँ सबै क्षेत्रलाई असर परेको भन्दै आज (मंगलबार)देखी कोरोबार गर्न अनुमती दिएको हो ।
संक्रमण रोग ऐन, २०२० बमोजिम जारी भएको आदेशको ७७ औं दिन सम्म पनि ब्यापार ब्यवसाय संञ्चालन गर्न नपाएको भन्दै सबै क्षेत्रबाट गुनासो आए पछि ७८ औ दिन अर्थात आजबाट मादक पदार्थ, सुर्तिजन्य पदार्थ, होटल, लज र रेष्टुरेण्टबाहेक आवश्यकीय सामाग्रीहरुको पसल खुल्ला गर्न अनुमती दिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को संभावित संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरिय कमाण्ड पोष्टले हिजो (सोमबार) डोकेको सर्व पक्षिय छलफलमा ति प्रकृती बाहेकका अन्य सबै ब्यवसाय सञ्चालन गर्न अनुमती दिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
कमाण्ड पोष्टले त्यसरी ब्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य र सुरक्षाको मापदण्ड पुरा गरी भौतिक दुरी कायम गर्न समेत भनेको छ ।
ब्यवसायीहरुको हितमा निर्ण गर्दै कमाण्ड पोष्टले भारत लगायत तेस्रो देशबाट आउने कुनै पनि नागरिकले आफ्नै खर्चमा होटलमा क्वारेन्टाइनमा बस्न चाहेको खण्डमा पनि सम्वन्धीत स्थानिय तहले निर्धारण गरेको रकम भूक्तान गरी गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कर्मश र होटल संघले सुरक्षा मापदण्ड तथा स्वास्थ्यकर्मीको निगरानीमा बस्ने गरी बस्न सकिने समेत को निर्णय गरेको छ ।


