गोरखा समाचारदाता
गोरखा – गण्डकी प्रदेश सरकारको निर्देशनमा गोरखा जिल्ला १६५ वेडको क्वारेन्टाईन सहितको आईसोलेसन वार्ड स्थापना हुने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संभावित संक्रमणको जोखिम न्यूनिकरण, रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरिय कमाण्ड पोष्टले आयोजना गरेको सोमबारको बैडकले उत्त निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका अध्यक्ष सुरेन्द्र पौडलको अध्यक्षतामा भएको बैठकले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको…पत्रानुसार संभावित संक्रमणको आकलन गर्दा १६५ बेडको क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड तत्काल निर्माण गर्न आवश्यक रहेको हुदा प्रदेश र जिल्ला भित्रका स्थानिय तहको लागत सहभागितामा निर्माण गर्ने निर्णय भएको छ ।
बैठकले क्वारेन्टाइन सहितको आइसोलेशन निर्माणमा लाग्ने खर्चको विवरण मुख्यमन्त्रि तथा मन्दिपरिषद्को कार्यालयमा पठाउने समेत निर्णय गरेको छ ।
बैठकले गोरखा सदरमुकाममा सरोकारवाला संग समन्वय गरी १०० बेडको र प्रार्थमिक स्वास्थ्य केन्द्र आरुघाटमा १०, प्रार्थमिक स्वास्थ्य केन्द मकैसिंङमा १० बेड, प्रार्थमिक स्वास्थ्य केन्द जौबारीमा १० बेड, आँपपिपल सामुदायिक अस्पतालमा १० बेड र सदरमुकाममा रहेको गोरखा जिल्ला अस्पतालमा २५ बेड सहितको क्वारेन्टाइन सहितको आइसोलेशन निर्माण गर्ने निर्णय भएको छ ।
सदरमुकाममा बन्ने भनिएको १०० बेडको क्वारेन्टाइन सहितको आइसोलेशनका लागि हिजै (सोमबार) नै नेकपा माओबादीका कृण्ण घिताल, नेपाली काँग्रेसका हरि घले र जनता समाजबादी पार्टीका नारायण खड्काले गोरखा क्याम्पस र डण्डी डाडाँमा रहेको स्कुलको अनुगमन र सरोकारवाला संग छलफल समेत गरि सकेको छ ।
छिमेकी देश भारत र तेस्रो मुलुकबाट नेपाल भित्रीएर जन्म थलो गोरखा आउनेको संख्या दिनानु दिन बड्न थाले पछि ठुलो संख्याको क्वारेन्टाइन सहित आइसोलेशनको स्थापनामा जिल्ला कमाण्ड पोष्ट र स्थानिय पालिका लागेका हुन् ।




















