गोरखा सामचारदाता
पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको ज्यान गए पछि शब ब्यवस्थानमा स्थानियले अवरोध गरे पछि बल प्रयोग गरेर शब ब्यवस्थापन गरिएको छ ।
उपचारको क्रममा स्याङजा वालिङका १ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गए पछि उनको शब ब्यवस्थापनमा पोखरा महानगरपालिका ११ को रिठ्ठाघाटमा जन प्रतिनिधीले नै अबरोध गरेको हो ।
२१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत उनको गएराति ११ बजे ज्यान गएको थियो ।
१ दिन सम्म शव बिरामीसँगै एकै ठाउँमा राखिएको थियो । उनको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे परेको थियो । शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो ।
शब व्यवस्थापन गर्ने जिम्मा पोखरा फूलबारीस्थित भगवती दल गणलाई दिइएको थियो ।
























