गोरखा समाचारदाता
गोरखा – गोरखाको पालुङटारमा ब्याकहो लोडर दुर्घटनामा परेको छ ।
स्थानिय चापाभञ्ज्याङ जाने बाटो सफा गर्ने क्रममा ब्याकहो लोडर दुर्घटनामा परेको हो ।
पालुङटार नगरपालिकाको पाउरोटी भण्डारदेखी चापाभञ्ज्याङ जाने कच्ची सडक सफा गर्ने क्रममा चर्च निर रहेको घुम्तीबाट ब्याकहो लोडर खसेको थियो ।
ब्याकहो लोडरमा चालक र अन्य १ जना रहेकोमा दुवै जना सामान्य रहेको स्थानियले जानकारी दिएको छ ।
तस्बिर : कबिराज ढकालको फेसबुक पेजबाट कपी गरिएको हो





















