गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा मंगलबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपुर, बागलुङ र म्याग्दीमा गरी २४ जनामा संक्रमण पुष्टी भएको हो । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अर्थात नवलपुरमा १२ जना, बाग्लुङमा ११ जना र म्याग्दी जिल्लामा १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले मगलबार बिहान जारी गरेको विज्ञप्ति अनुसार नवलपुरको बौंदीकाली गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका घर भएर पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षे १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै गरी बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ वर्षका का ३ जना पुरुष र बरेङ गाउँपालिका घर भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ११ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भरहेको छ ।



