गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सोमबार पछिल्लो २४ घण्टामा ३१४ जनामा संक्रमण भएको पुष्टी भएको छ ।
देशको विभिन्न जिल्लामा गरिएको परिक्षणमा आज उत्त संख्याका मानिसमा संक्रमण भएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीमा गरेको नियमित पत्रकार सम्मेलनमा देशको विभिन्न जिल्लामा ३१४ जनामा संक्रमण भएको जानकारी दिएको हो । जसमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या ४८८ पुगेको छ । जसमध्ये ४१९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।



