गोरखा समाचारदाता
काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ः०० बजेको लागि बैठक आब्हान गरेको हो ।
बैठकमा कोरोना भाइरस संक्रमणको महामारीका का साथै सरकारका काम कारबाहीका बारेमा पनि समिक्षा हुने बताइएको छ ।
कांग्रेसले पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको छ । विशेष गरी कोरोना भाइरस रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको आरोप छ ।


