गोरखा समाचारदाता
गोरखा – गोरखा अस्पतालमा आईसियु स्थापना कक्ष स्थापना गरिएको छ ।
नेपाल सरकारको सहयोगमा अस्पतालमा आईसियु कक्ष स्थपना गरिएको हो ।
जिल्लामा नै पहिला पटक स्थापना गरिएको उत्त सेवाका लागि प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको हो । ‘प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँले अस्पताल भित्र २ वेडको आईसियु कक्ष स्थापना गरिएको’ सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘अब कुनै पनि जटिल प्रकारका बिरामीलाई राखेर उपचार गर्न सम्भव भयो’ उनले भने ।
प्रदेश सरकारले पहिलो पटक गोरखा र बागलुङलाई आईसियु सेवा स्थापना गर्न बजेट विनियोज गरेको हो । अस्पतालमा स्थापना गरिएको आईसियुका लागि आवश्यक सबै सामान जडान भई सकेको र अब जडिल प्रकारको बिरामी आएको खण्डमा पनि उपचार दिन सकिने गोरखा अस्पतालले जनाएको छ ।
०७६ चैत्र महिनामा नै प्रदेश सरकारबाट प्राप्त उत्त रकम अस्पतालको खाता सम्म आउन समय लागेकोले स्थापनामा ढिलाई भएको अस्पताल प्रशासलने जनाएको छ । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारको लागि सहज होस भनेर कक्ष स्थापनाको लागि रकम उपलब्ध गराएको थियो ।
गोरखा अस्पताल ५० शैयाको हो ।






















