गोरखा समाचारदाता
पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण पोखरामा १ जनाको ज्यान गएको छ ।
स्याङ्जा वालिङका ६० वर्षीय वृद्धको पोखरामा उपचारको क्रममा ज्यान गएको हो । यो संगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
गण्डकी प्रदेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ती वृद्धको कोरोनाका कारण आइतबार नै ज्यान गएको सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।





















