गोरखा समाचारदाता
काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज सचिवालय बैठक बोलाएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएको हो ।
बैठक सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ । पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिस विपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।
अघिल्लो सचिवालय बैठकले संसदवाट पारित नभएसम्म एससीसीका काम अघि नबढाउने सहमति गरेको थियो ।
प्रधानमन्त्री ओली संसदको यही अधिवेशनवाट एमसीसी पारित गराउने पक्षमा छन् । तर सचिवालयका बहुमत सदस्य भने एमसीसीको विपक्षमा रहेका छन् ।
नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेश हुन सकेको छैन ।


