गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा आइतबार २१३ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये धेरै जसो भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन् । यो सहित अब नेपालका संक्रमितको संख्या ३ हजार ४४८ जना पुगको छ ।
आज सम्म नेपालमा ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।


