गण्डकी गाउँपालिकाका ९ संक्रमित भने अझै आएनन्
गोरखा समाचारदाता
गोरखा – गोरखा प्रहरीको हिरासतमा रहेका एक नाबालक कोरोना संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेशनमा पुरयाइएको छ ।
पालुङटार नगरपालिका घर भएका १७ बर्षिय नाबालाई उपचारका अस्पतालको आइसोलेशनमा पुरयाइएको हो ।
आइतबार बिहानै संक्रमण पुष्टि भएका नाबालकलाई २०० मिटरको फरकमा रहेको जिल्ला अस्पताल पुरयाउन ९ घण्टा लागेको थियो । बिहान ६ बजे नै कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जानकारी गराएको भएता पनि उनलाई दिउसो २ः०० बजे मात्र जिल्ला अस्पतालको आईसोलेसनमा पुरयाइएको थियो ।
यता ठुलो संख्यामा संक्रमण देखिएको गण्डकी गाउँपालिकाका ९ जनालाई भने अझै जिल्ला अस्पताल सम्म ल्याइयन सकिएको छैन् ।
बिहान १० बजे भित्रै अस्पताल लाने तयारी गरेको ९ जना संक्रमित लिन एम्बुलेन्स जान ढिला गरे पछि अहिले सम्म पनि ल्याउन नसकिएको हो ।




















