कैलासबावु श्रेष्ठ
गोरखा – गोरखा प्रहरीमा रहेको नाबालकलाई बालसुधार केन्द्र पठाउन पिसीआर गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टी भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा रहेका ति बालकलाई पोखराको एक बालसुधार केन्द्र पठाउनु पूर्व पिसीआर गर्दा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार पालुङटार नगरपालिका निवासी १७ बर्षका ति बालकका बिरुद्व जबरजस्ती करणी मुद्वा परेर पछि अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो ।
पालुङटारको ठाँटीपोखरी प्रहरी कार्यालयले जेष्ठ ९ गते नियन्त्रणमा लिएको ति बालकलाई जिल्ला प्रहरी कार्यालयमा ११ गते अडा्सार गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
गोरखा अदालतबाट बालसुधार केन्द्रमा पठाउन आदेश भए लगत्तै उनलाई पोखराको साराङकोटमा पठाउनु पूर्व जेष्ठ २० गते पिसीआर परिक्षण गर्दा आज (आईतबार) नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टी भएको हो ।
संक्रमण पुष्टी भएको बालकलाई गोरखा अस्पतालको आईसोलेसनमा लाने तयारी भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
नाबालक भएका कारण उनलाई छुट्टै कक्षमा एक्लै राखिएको थियो ।




















