गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुने देशमा भारत विश्वकै ५औं देश भएको छ ।
संक्रमणको संख्या इटाली र स्पेनलाई पनि पछ पार्दै भारतमा ५औं स्थानमा आएको हो ।
भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार भारतमा अहिले संख्या २ लाख ४६ हजार ६ सय भन्दा बढी संक्रमित पुगिसकेको छ । संक्रमणकै कारण ज्यान गुमाउनेका संख्या भारतमा ६ हजार ९४६ सय पुगेको छ ।
सनिबार मात्रै पनि भारतमा १० हजार ४३८ जनामा संक्रमित फेला परेको छ । एकैदिन भारतमा २९७ जनाले ज्यान गुमाएका छन ।
भारतमा अहिले सम्म संक्रमित मध्ये १ लाख १८ हजार ६९५ जना उपचार पछि घर फर्केका छन् ।
भारतमा हरेक दिन संक्रमण तीव्रता बढिरहेको छ । भारतमा मृत्युदर भने कम रहेको छ ।




















