कैलासबावु श्रेष्ठ
गोरखा – गोरखा जिल्ला अस्पतालमा १० वेडको आईसोलेसन वार्ड तयार भएको छ ।
जिल्लामा संक्रमित देखिएका १० जनालाई उपचार गर्न अस्पतालले बिहानै १० वेडको आईसोलेन वार्ड तयार पारेको हो ।
जिल्लाको गण्डकी गाउँपालिका र पालुङटार नगरपालिकाका मानिसहरुमा देखिएको नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितहरुलाई थप उपचारको लागि अस्पतालमा वार्ड स्थापना गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘हामीले संक्रमितहरुलाई उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई समेत तयारी अवस्थामा राखि सकेका छौ’ उनले बताए ।
सम्बन्धीत स्थानबाट केही समय भित्रै बिरामी गोरखा अस्पताल ल्याउने तयारी पुरा भएकोले अस्पतालले पनि आफ्नो तयारी पुरा गरेको हो । पुरानो भवन भत्काएर नयाँ भवन बनाउने गरेको अस्पतालमा कर्मचारीहरुको आवास गृहलाई नै अहिले आईसोलेसनमा बदलिएको गोरखा अस्पतालले जनाएको छ ।
अस्पतालले सबै स्वास्थ्यकर्मी एकै स्थानमा बस्दा एउटाको संक्रमण अरुमा सर्ने भएकोले केही स्वास्थ्यकर्मीहरुलाई सदरमुकामकै अर्को आईसोलेसन वार्ड बनार्ईको ठाउँ रानिबन स्थित ओल्ड क्यापिटल माविमा सारेको छ । उत्त स्थानमा गोरखाको नाझाली डाडाँमा रहेको रण सिंह दलको सहयोगमा १५ वेडको आईसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।
गोरखा पहिलो पटक देखिएको कोरोना संक्रमणबाट पालुङटार नगरपालिका १ पुरुष र गण्डकी गाउँपालिकाको विभिन्न क्वारेन्टाईनमा बसेका ९ जना गरी १० जना पुरुषमा देखिएको छ ।
पालुङटारका पुरुष भने जबरजस्ती करणी अभियोगमा प्रहरीले जेष्ठ ९ गते नै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका १ बन्दी हुन् ।




