गोरखा समाचारदाता
बैतडी – बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाईनमा रहेका १ पुरुषको ज्यान गएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको क्रममा पाटन नगरपालिकाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको ज्यान गएको हो ।
साँझ बेहोस भएर ढलेपछि उपचारका लागि पाटन स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । उपचारकै क्रममा उनको राति ज्यान गएको हो ।
मृतकको स्वाबको नमुना संकलन गरेर धनगढी पठाइएको छ । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन पुगेका थिए ।
उनीसँगै बेंगलोरबाट १३ जना पनि शनिवार बिहानै पाटन पुगेका थिए । यसअघि पनि भारतबाट आएर क्वारेन्टाईनमा बसेकी १ महिलाको जेठ २० मा ज्यान गएको थियो ।
पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ बर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।




















