गोरखा समाचारदाता
डोटी – डोटीको के आई सिंह गाउँपालिकाको क्वारेन्टिनमा १ युवकको ज्यान गएको छ ।
गाँउपालिकाको बडा नम्बर ३ को क्वारेन्टिनमा रहेका १९ वर्षीय युवकको आज बिहान ३ बजे ज्यान गएको हो ।
उनी लामो समयदेखि मुटुको रोगी भएको बताइएको छ । भारतको दिल्लीबाट जेठ २० गते फर्केका उनी लगत्तै सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाईनमा राखिएको थियो ।
मृतक युवाको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।




















