कैलासबावु श्रेष्ठ
गोरखा – गोरखामा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ ।
जिल्लाको गण्डकी गाउँपालिका र पालुङटार नगरपालिकामा रहेका १० जनामा कोरोना संक्रमण भेटिएको पुष्टी भएको हो ।
गण्डकी प्रदेशमा स्वास्थ्य निर्देशनालयले एक सूचना जारी गर्दै गोरखामासमेत एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेको पुष्टी गरेको छ ।
गण्डकी गाउँपालिकाको २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये गण्डकी गाउँपालिकाको भिमोदय आधारभुत विद्यालयमा क्वारेन्टाइनमा बसेका ४ जना, रत्नेश्वर मावि दर्बुङ्गमा रहेका ४ जना र ज्ञानमार्ग माविमा रहेका १ तथा जबरजस्ती करणी मुद्वामा पक्राउ परेका पालुङ्गटारका युवा (जो अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्)मा कारोना संक्रमण देखिएको हो । गण्डकी गाउँपालिकाको केही दिन अगाडी भारतबाट आएका ८ जना र काभ्रेबाट आएका १ जनामाकोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।
संक्रमितहरुलाई जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।





















