गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट आज एकै दिनमा ३२३ जनामा संक्रमित पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सनिबार) गरेको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी ३२३ जना संक्रमित भएका हुन् । यो सहित अब नेपालका कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन् ।
शुक्रबार २७८, बिहीवार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो ।


