गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीमा सोमबार जुवा खेल्दा खेल्दै पक्राउ परेको धनाड्य ब्यवसायीहरु धरौटीमा रिहाई भएका छन् ।
कमलादीको एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले धरौटीमा रिहाई गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको जानकारी अनुसार पक्राउ परेको ९ जना मध्ये ८ जनालाई जनही ३० हजार र १ जना ४० हजार धरौटी बुझाएर छाड्न आदेश दिएको छ ।
कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा जुवा खेलिरहेका व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई धरौटीमा छाड्न प्रजिअले आदेश दिएको हो ।
ठुला घरानियका ति ब्यापारीहरुलाई छुटाउन केही दिनदेखि नै राजनीतिक दवाव परेको जिल्ला प्रशासन श्रोतले जानकारी दिएको छ । उनीहरुलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुको साथवाट २ लाख ७७ हजार रुपैयाँ नगदसहित १०००, ५००, १०० र ५० दरका १७९ थान क्वाईन समेत बरामद भएको थियो ।


