गोरखा समाचारदाता
काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट शुक्रबार मात्रै २७८ जनामा संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी शुक्रबार २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसंगै नेपालमा संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।
देशको विभिन्न प्रयोगशालामा गरेको परिक्षणमा २७८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवत्ता डा.बिकास देवकोटाले बताए ।




















