गोरखा समाचारदाता
काठमाण्डौं – राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफुले पाउने सबै प्रकारको बैठक भत्ता नलिने घोषणा गरेका छन् ।
नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सबै क्षेत्र प्रभावित भएको भन्दै सबै प्रकारको बैठक भत्ता राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
नेता श्रेष्ठले यसअघि पनि १ वर्षको पारिश्रमिक कोरोना संक्रमण कोष र आर्थिक राहतकोषका लागि प्रदान गर्ने घोषणा गरेका थिए । उनले संकटको समयमा सबै मिलेर आर्थिक पुनत्थानका निम्ति एकतावद्ध हुनसमेत अरुलाई आह्वान गरेका छन् ।


