गोरखा समाचारदाता
गोरखा – गोरखाको सौरपानीमा गाई काटेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सौरपानीका ४ जना युवाहरुलाई पक्राउ गरेको हो ।
गाई काटेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीका १९ बर्षका केवल नेपाली, २२ बर्षका राजु नेपाली , २२ बर्षकै पारस रम्तेल र २५ बर्षिया सबिना नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका सबैले मंगलबार राती स्थानीय भीम नेपालीको गोठको गाई चोरेर काटेको प्रहरीको जनाएको छ ।
उनीहरुविरुद्ध गोवध मुद्धा दर्ता गरि गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी कार्याल्यका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारील बताए ।


