गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले लकडाउनको अबधिको ब्याज छुट गर्दै व्यवसाय सुचारुका लागि सरकारसँग माग गरेको छ ।
नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पालना गर्दै यस व्यवसायसँग आवद्ध उद्यमीहरुले आफ्ना सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवसाय खोल्नका लागि पहल गरिदिन संघले माग गरेको हो ।
कोरोना भाईरसको औषधि पत्ता नलागेको अवस्थमा उक्त रोगसँग लड्नका लागि शरिरलाई स्वस्थ्य राख्दै इम्युनिटी पावर बढाउनु जरुरी भएको भन्दै संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले मानिसलाई स्वास्थ राख्नका लागि पनि तत्काल व्यायम शाला तथा हेल्थ क्लव खोल्नु आवश्यक रहेको बताए ।
लकडाउनको यो अवस्थामा फिटनेस सेन्टर खुला गरेर स्वस्थ्य हुनु पर्ने अवस्थामा सेन्टरलाई बन्द गर्दा झन समस्या उत्पन्न भएको भन्दै अध्यक्ष श्रेष्ठले यो ब्यवसाय पनि साना तथा मझौला व्यवसाय अन्तर्गत नै पर्ने र नेपाल सरकारले एसएमईलाई दिने व्याज अनुदान राहत कार्यक्रम अन्तरर्गत बजेटमा व्यवस्था भए अनुसार व्यायाम शाला, हेल्थ क्लबहरुकोसमेत समावेश गर्नुपर्ने संघको माग छ ।
संघले यो लकडाउनको अवधिको ऋणको .ब्याजमा मिनाह दिने तथा व्यवसाय सुचारु गर्न नेपाल सरकार संग अबिलम्व पहलकदीको लागि माग गरेको छ । ्
संघले लकडाउन अवधिभरको घरभाडा छुट गरेर यससँग आश्रित सम्पूर्णको रक्षार्थ सहयोगको लागि अपिल गरेको छ ।
संघको विज्ञप्तीमा अहिलेको यस विषम परिस्थितिमा कोरोनाको भ्याक्सीन लगायत ठोस औषधि उपचार नभएको अवस्थामा सबैले यहि धरातलमा रहेर कोरोनासँगै आफुलाई अभ्यस्त बनाउनु पर्ने वाहेकको अर्को विकल्प नरहेको भन्दै लम्बिदो लकडाउनले जनजीवन असहज एवं आक्रान्त बनिसकेको र यसले गर्दा अन्य ब्यबसायी जस्तै व्यायाम शाला, हेल्थ क्लब लगायतका यससँग सम्बन्धित ब्यबसाय पनि धरासायी हुने अवस्था आइसकेको भनिएको छ ।


