गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना भाइरसको संक्रमित ब्यत्तिको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १ जनाको ज्यान गएको हो । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
मन्त्रालयले आज (बिहिबार) गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा.विकास देवकोटाका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिनअघि (मंगलबार) ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्वखोला २ जल्पा क्वारेन्टिनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको थियो ।
कोरोना संक्रमणको आशंकाका कारण उनको शव समेत ब्यवस्थापन गरिएको थिएन । उनी केही समयअघि भारतवाट फर्केर क्वारेन्टिनमा बसेका थिए ।
५ दिन अघि भारतबाट आएका उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।



