गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसको संकमणबाट आज मात्रै ३३४ जना संक्रमित भएको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) एकै दिन ३३४ जनामा संक्रमण देखिएको पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितको संख्या २ हजार ६३४ जना पुगेको छ ।
नेपालमा नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको यो नै आज सम्मको धेरै संख्या हो । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा २ हजार ४५० जना पुरुस र १८४ जना महिला परिक्षण गर्दा ३३४ जनामा संक्रमण देखिएको हो ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार संक्रमण फेला पर्नेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जना, नारायणी अस्पताल विरगंजमा पर्साका १ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान विराटनगरमा झापाका ३ जना, ताप्लेजुङका १ जना, मोरङका १ जना र सप्तरीका १३ जना गरी १८ जना, हेटौडा स्थित प्रादेशिक प्रयोगशालामा बाराका ७, सिन्धुलिका १ र रौतहटका १ गरी ९ जना, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जना गरी कुल १६ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी सेती प्रादेशिक अस्पतालमा डोटिका ३ जना, भेरी अस्पतालमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मुगुका १ र दैलेखका १ सय ५ जना गरी कुल १ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
उता कोशी अस्पतालमा झापाका २ जना र खोटाङका ३ जना गरि ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ८ जना, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बारामा ५ जना, धनुसाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जना र सर्लाहिका ३ जना गरी कुल ९३ जनामा संक्रमण देखिएको छ । आज देखिएको संक्रमण भएका व्यक्तिहरुमा ३१९ जना पुरुस र १५ जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५६४ आरडीटी परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८६७ पीसीआर परीक्षण र ५ हजार १८५ आरडिटी परीक्षण गरिएको छ ।
अहिले सम्म कोरोना संक्रमण भई उपचाररत मध्ये २९० जना उपचार पछि घर फर्किएका छन् ।


