एजेन्सी – बिहीबार चीनमा १ जनामा कोरोना सङ्क्रमण देखिएको पुष्टि भएको छ ।
समाचार एजेन्सी रोयटर्सले चीनको स्वास्थ्य विभागको रिपोर्टलाई उद्धृत गर्दै चीनमा फेरी संक्रमण देखिएको जनाएको हो ।
रोयटर्सका अनुसार घटना जुन ३ तारिखको हो ।
नेशनल हेल्थ कमिसनका अनुसार सबै सङ्क्रमित चीनबाहिरबाट आएका व्यक्तिमा देखिएको हो । उनीहरुले भर्खरमात्रै विदेशको यात्रा सकेर चीन फर्किएका थिए ।
गएको जुन २ तारिखमा पनि ५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा सङ्क्रमणको कुनै लक्षण देखिएको थिएन ।
चीनमा अहिलेसम्म ८४ हजार १५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ४ हजार ६३८ जनाको ज्यान गएको छ ।




















