गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशको ४ जिल्लामा १६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्याङजा, बागलुङ, म्याग्दी र पर्वत जिल्लाका १६ जनामा सङ्क्रमण पुष्टि हो । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको कोरोना परीक्षणका क्रममा स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भएर गाउँपालिकाकै क्वरेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला तथा २२ र २९ वर्षका पुरुष, बडिगाड गाउँपालिकाका १६, २०, २१ र २५ वर्षका पुरुष तथा गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसैगरी म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका पुरुषमा, पर्वतको बिहादी गाउँपालिका २४ र २८ वर्षका पुरुष तथा फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताए ।



