गोरखा समाचारदाता
रुकुम – रुकुमको अस्थायी प्रहरी चौकी तोडफोड गर्न नेतृत्व गरेका वडाध्यक्ष पक्राउ परेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका १४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गर्न नेतृत्व गर्ने मुसिकोट १३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले वडाध्यक्ष केसीसहित राजन केसी र खिलराज गिरीलाई समेत पक्राउ गरेको छ ।
गएको मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा आक्रमण गरेको थियो । पक्राउ परेको ३ जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारवाही अघि बढाइने प्रहरी कार्यालयले जनाएको छ ।


