गोरखा समाचारदाता
काठमाण्डौं – संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा पार्टीले संविधान संशोधनको प्रस्ताव दर्ता गराइका छन् ।
बुधबार जनमोर्चाका नेताहरु संसद सचिवालय पुगि संविधान संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।
संघीयताका कारण जनतालाई चर्को बोझ परेको भन्दै यसलाई खारेज गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको जनमोर्चाले जनाएको छ ।
नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको तर संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएकोले संशोधन प्रस्ताव लैजान लागिएको जनमोर्चाको भनाइ छ ।


