गोरखा समाचारदाता
काठमाण्डौं – बुधबार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार २०१ जनामा नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको जानकारी दिएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३०० पुगेको छ ।
हिजो मंगलबार एकै दिनमा अहिले सम्मकै सबै भन्दा धेरै २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो ।
पत्रकार सम्मेलनमा डा.देवकोटाले देशभरीमा बुधबार सम्म पीसीआर विधिबाट ८० हजार २४७ र आरडीटी विधिबाट १ लाख २० हजार ३८१ जनाको नमुना परीक्षण सम्पन्न भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९२४ र आरडीटी विधिबाट ४ हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ ।
कोरोना संक्रमित मध्ये बुधबार सम्म २७८ उपचार पछि घर फर्किएका छन् । त्यस मध्ये २२२ जना पुरुष हुन भने ५६ महिला छन् ।
त्यस्तै गरी अहिले अहिले सम्म १ लाख ५५ हजार ८८० क्वारेन्टाइनमा छन् ।




















