गोरखा समाचारदाता
गोरखा – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई गोरखा प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
उनलाई कैलालीबाट प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखामा बुझाए पछि आज (बुधबार) अदालत उपस्थित गराईएको हो ।
नेत्रविक्रम चन्द समूहकी भुजेलविरुद्ध गोरखा प्रहरीले गोरखा अदालतमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दाको कानूनी प्रक्रियाको लागि आज गोरखा जिल्ला अदालतमा उपस्थित गराइको प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । ‘भुजेलको अन्य जिल्लामा पनि यस्तै प्रकृतीको मुद्वा भएकोले यहाँ धरौटीमा रिहा भए अन्य जिल्लामा पठाईने’ उनले बताए ।
भुजेललाई ०७६ पौषमा सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
१० वर्ष सशस्त्र युद्धको क्रममा पक्राउ परेर गोरखा कारागारमा रहेको बेला भुजेलको नेतृत्वमा २०५७ साल चैत्र १७ गते कारागार ब्रेक भएको थियो ।
तस्बिर सौजन्य किशोरजंग थापा




















