गोरखा समाचारदाता
रुकुम – रुकुमको मुसिकोटमा रहेको छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा आक्रमण भएको छ ।
रुकुम पश्चिमको नगरपालिका १४ स्थितमा रहेको प्रहरी चौकी माथि मुसिकोट नगरपालिका १३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा गएको टोलीले चौकीमा आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमले दिएको जानाकारी अनुसार वडाध्यक्षले मदिरा सेवन गरेर हो–हल्ला गरेको जानकारी पाएपछि प्रहरीको एक टोली केसीलाई सम्झाउन पुगेको थियो । प्रहरी टोलि फर्किए लगत्तै वडाध्यक्ष केसीले गाँउले उठाएर ल्याएर चौकीमा कार्यरत प्रहरीलाई हातपात गरेका हुन् ।
उश्रृखल उत्त समूहले प्रहरीको हतियार समेत खोस्ने प्रयास भएको प्रहरीले जनाएको छ ।
आक्रमणपछि बडाध्यक्ष लगायतका घटनामा संलग्न सबै फरार रहेकाले खोजी भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।


