गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ हजार नाघेको छ ।
मंगलबार मात्रै २७० जनाका कोरोना संक्रमण पुष्टि भए पछि यो संख्या २ हजार माथि पुगको हो । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार नियमित पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा.देवकोटाले रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्व १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए।
पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको प्रवक्ता देवकोटाले बताए। उनका अनुसार अहिले देशभरि १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा रहेको जानकारी दिए।
हिजो (सोमबार) मात्रै २३९ जनाका कोरोना पुष्टि भएको थियो ।




















