गोरखा समाचारदाता
पोखरा – पर्वत र स्याङजामा आज १० जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
पर्वतको कुश्मामा रहेको क्वरेन्टीनमा बस्दै आएका ५ जना पुरुष र स्याङ्जाको चापाकोट नगरपालिकाको क्वरेन्टीनमा बस्दै आएका ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ३७ पुगेको छ ।



