काठमाडौं– अमेरिकामा बसोबास गरिरहेका नेपाली संगीतकर्मी उमेश रेग्मीले संगीतकार संघ नेपालका आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
अहिलेको विषम परिस्थितिमा संगीतकर्मीहरुलाई सहयोग पुग्ने हिसाबले संगीतकर्मी नेपाली रेग्मीले संगीतकार संघलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
संगीतकर्मी रेग्मीद्वारा उपलब्ध गराइएको उक्त रकम संगीतकार आनन्द राईद्वारा संघका कोषाध्यक्ष हरि लम्साल तथा लक्ष्मण शेषज्यूको हातमा हस्तानन्तर गरिएको छ ।
इनरुवाका स्थायी वासिन्दा संगीतकार रेग्मी हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्छन् ।
उनको संगीतमा हालसम्म दीप श्रेष्ठ, शिव परियार, विश्व नेपाली, रामकृ्ष्ण ढकाल, मेलिना राई,टीका प्रसाई,वाणिका प्रधान, राज पौडेलसहित विभिन्न गायक–गायिकाहरूले गीत गाइसकेका छन् ।


